नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) फेरि एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर सूचिकृत भएको हाे । यसअघि पनि आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको थियाे ।
सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश माघ २३ गते, शुक्रबार सम्पन्न भएको कम्पनीकाे २४औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस