Like us!
Follow us!
Connect us!
Watch us!

योगदान रकम फिर्ता गर्न जिफोर्सलाई सामाजिक सुरक्षा कोषको निर्देशन

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १५ : ०३ मा प्रकाशित

योगदान रकम फिर्ता गर्न जिफोर्सलाई सामाजिक सुरक्षा कोषको निर्देशन

निषेधाज्ञाका समयमा रोजगारदाता र श्रमिकको योगादनबापत हुने आउने रकम सरकारले नै जम्मा गरिदिएको भएपनि योगदानकर्ताको पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरेको पाइएपछि कोषले उक्त रकम तत्काल श्रमिकलाई फिर्ता गर्न जिफोर्स सेक्युरिटी कम्पनी प्रालिलाई सामाजिक सुरक्षा कोषले निर्देशन दिएको छ । 

उक्त कम्पनीले गत जेठ र असार महिनाको योगदानकर्ताको ११ प्रतिशत रकम कट्टा गरेको भन्दै कोषमा उजुरी परेको थियो । सरकारले बजेट वक्तव्यमार्फत जेठ र असार महिनाको योगदान रकम सरकार स्वयम्ले व्यहोर्ने घोषणा गरेको थियो । 

बजेट वक्तव्यमा उल्लेख भएअनुुसार सम्बन्धित योगदानकर्ताको खातामा रकम जम्मा गर्न कोषले अर्थ मन्त्रालयसँग रु १ अर्ब ४८ करोड निकासा माग गरेको छ । अघिल्लो वर्ष पनि निषेधाज्ञाका समयमा चार महिनाको योगदान रकम सरकारले भुक्तानी गरिदिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको