Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशत ब्याजदरमै सापटी दिने

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, १४ : १६ मा प्रकाशित

सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशत ब्याजदरमै सापटी दिने

सामाजिक सुरक्षा कोष(एसएसएफ) ले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमा सापटी दिने भएको छ ।  कोषले एक सुचना जारी गर्दै  यस्तो ब्याजदर चालू आर्थिक वर्ष २०८१/८२ को लागि लागू हुने बताएको छ । साउन १ गतेदेखि लागू हुने गरि धितोमा आधारित घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटीमा ब्याज दर वार्षिक ७.५ प्रशित दिने निर्णय कोषले गरेको छ ।

कोषले दिने विशेष सापटीमा लिने ब्याज वार्षिक ६.६० प्रतिशत छ । यसले योगदानकर्ताको बृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा कोषले दिने ब्याज वार्षिक ५.५ प्रतिशत दिने निर्णय कोषले गरेको छ ।

कोषले धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेमा लिने हर्जना ब्याज दर वार्षिक एक प्रतिशत मात्रै हुने  निर्णय गरेको छ ।

यस्तो छ कोषले जारी गरेको सुचना:

669a25434060c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको