Like us!
Follow us!
Connect us!
Watch us!

कृषिजन्य वस्तुको निर्यात बढ्याे, आयात कति ?

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १५ : ५१ मा प्रकाशित

कृषिजन्य वस्तुको निर्यात बढ्याे, आयात कति ?

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तर्राष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।

पूर्वी नाका हुँदै भारत र बङ्गलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको उनले जानकारी दिएका छन् । – (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको