Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ निष्कासनको मिति तय, कहिँले बाट खुल्छ आवेदन ?

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, ०७ : ०० मा प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ निष्कासनको मिति तय, कहिँले बाट खुल्छ आवेदन ?

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते देखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन  तथा बिक्रि खुल्ला गर्ने भएको छ । 

इन्स्योरेन्सले निष्काशन गर्न लागेको ६० लाख कित्ता सेयरमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्ट्याइएका छ भ बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

इन्स्योरेन्सको उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपिओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपिओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।

इन्स्योरेन्सकोआईपिओमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। 

इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै जेठ ९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको जेठ २३ गते, आइतबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो ।

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कोष रकम पनि बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको