Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको आईपिओ साउन २७ गतेबाट, कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, ०७ : १४ मा प्रकाशित

मानुषी लघुवित्तको आईपिओ साउन २७ गतेबाट, कस्तो छ वित्तिय अवस्था ?

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन  तथा बिक्रि खुल्ला गर्ने भएको छ । 

संस्थाले निष्काशन गर्न लागेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।।

संस्थाको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपिओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपिओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।

संस्थाको आईपिओमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

संस्थाको पौष २८ गते मंगलबार, हार्दिक होटल, बागबजार, काठमाडौँमा सम्पन्न भएको दोश्रो वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको  छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२६.६३ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको नाफा ५२ लाख ७९ हजार रुपैयाँमा सिमित थियो। तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ४ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । हाल चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको