Like us!
Follow us!
Connect us!
Watch us!

नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, ०९ : ४९ मा प्रकाशित

नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकले ऋण कर्जाको लागिअनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ। इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यो सुबिधाबैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागिआवेदनदिनुहुने सिमित ग्राहकहरूलाई सेवाशुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान“नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता”अनुरूप रहेको छ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७वर्È बैंकिङ्गअनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागीलक्षित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको