Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबाट कसरी पैसा कमाउने ? राकेश झुन्झुन्वालाको ५ लगानी टिप्स

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, ११ : २७ मा प्रकाशित

सेयरबाट कसरी पैसा कमाउने ? राकेश झुन्झुन्वालाको ५ लगानी टिप्स

हामी सबैलाई पैसा कमाउने चाहाना हुन्छ । मानिसहरूले पैसा कमाउन विभिन्न माध्यमहरू रोज्ने गर्दछन् । पैसाले पैसा कमाउने एक माध्यम हो सेयर बजार । सेयर बजारमा लगानी गर्न पनि पैसा मात्र भएर पुग्दैन । पैसालाई सही ठाउँमा लगानी गर्न उपयुक्त ज्ञान पनि हुनु पर्दछ ।

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम बढिरहेको छ । राम्रो अनुभव र ज्ञान नभइकनै लगानी गर्दा आफ्नो लगानी गुमेको गुनासाहरू पनि हामीले प्राय सुनिरहेका हुन्छौँ । त्यसैले, हरेक लगानीकर्ताहरूले लगानी गर्नुअगावै राम्ररी अध्ययन र अनुसन्धान गर्नुपर्छ । अनि ठूला लगानीकर्ताहरूको अनुभवबाट पनि लगानी गर्न टिप्स लिन सकिन्छ । आज हामी तीनै एक लगानीकर्ताको सेयर टिप्सको बारेमा कुरा गर्नेछौँ जो हजारौँ लगानीकर्ताहरूको मार्गदर्शक बनेका छन् । उनी हुन् राकेश झुन्झुन्वाला ।

राकेश झुन्झुन्वाला भारतीय सेयर बजारका सबैभन्दा प्रसिद्ध खेलाडीका रुपमा चिनिन्छन्। उनी ८ हजार रुपैयाँ लिएर सेयर बजारमा प्रवेश गरेका थिए । हाल उनी भारतको स्टक मार्केटका सबैभन्दा ठूला लगानीकर्ता बन्न सफल भएका छन् ।

राकेश झुन्झुन्वालाको ५ लगानी टिप्स यस प्रकारका छन् :

१. लगानी गर्ने समयमा आफैँप्रति बढी भरोसा गर्नुहोस् ।

२. साना सेयरलाई नजरअन्दाज गर्ने गल्ती कहिल्यै नगर्नुहोस् ।

३. मन्दीको समयमा पोर्टफोलियोमा सबैभन्दा बढी ध्यान दिनुहोस् ।

४. सेयरलाई कम मुनाफामा बिक्री गर्न हतार नगर्नुहोस् ।

५. आफ्नो लगानीलाई विविधकरण गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको