Like us!
Follow us!
Connect us!
Watch us!

झुनझुनवालाले भन्थे ‘आर्थिक संकटमा पोर्टफोलियोमा बढी ध्यान दिनु, सबैभन्दा आफ्नो भरोसा गर्नु’

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १४ : ११ मा प्रकाशित

झुनझुनवालाले भन्थे ‘आर्थिक संकटमा पोर्टफोलियोमा बढी ध्यान दिनु, सबैभन्दा आफ्नो भरोसा गर्नु’

भारतीय स्टक एक्सचेन्ज विश्वको सबैभन्दा सातौं ठूलो स्टक एक्सचेन्ज हो। भारतीय सेयरबजारमा बादशाहको उपनामले परिचित थिए राकेश झुनझुनवाला। राकेश झुनझुनवालालाई भारतीय वारेन बफेट भनिन्थ्यो। रणनितिक रूपमा सेयरबजारको जोखिमलाई परास्त गर्न अब्बल झुनझुनवालाको आईतबार बिहान मुम्बई हस्पिटलमा मृत्यु भयो। 

झुनझुनवालाले भारतमा वित्तीय क्षेत्रमा ठूलो योगदान दिएका छन् र दशकौ सम्म भारतिय सेयरबजारमा राज गरेका थिए। 

झुनझुनवालाको पहिलो ठूलो मुनाफा ५ लाख  थियो। सन् १९८६ मा उनले टाटा टि को ५००० कित्ता सेयर ४३ मा खरिद गरेका थिए पछि उक्त कम्पनीको सेयर तीन महिनाको अवधिमानै १४३ पुगेको थियो। उनले उक्त सेयरबाट ३ गुणा मुनाफा कमाए। 

ऊनको अर्को टार्गेट सेसा गोआ नामक कम्पनीको सेयर, उनले २८ मा उक्त कम्पनको सेयर खरिद गरेका थिए त्यसपश्चात उक्त कम्पनीको सेयरमा तिब्र उछालका साथ ६५ मा पुगेको थियो जसबाट फेरिपनि उनले राम्रो मुनाफा आर्जन गरे ।  ३ वर्षको अवधिमानै  उनको आम्दानी २०-२५ लाख भइसकेको थियो। 

उनले श्रीमती रेखा झुनझुनवालाको साथमा रेयर इन्टरप्राइज नामक सेयर ट्रेडिङ कम्पनी स्थापना गरे उक्त कम्पनीको नामाकरणमा आफ्नो र श्रीमतीको नामको पहिलो २ अक्षरको प्रयोग गरेका थिए।

राकेश झुनझुनवालाको ५ लगानी टिप्स यस प्रकारका छन् :

१. लगानी गर्ने समयमा आफैँप्रति बढी भरोसा गर्नुहोस् ।

२. साना सेयरलाई नजरअन्दाज गर्ने गल्ती कहिल्यै नगर्नुहोस् ।

३. मन्दीको समयमा पोर्टफोलियोमा सबैभन्दा बढी ध्यान दिनुहोस् ।

४. सेयरलाई कम मुनाफामा बिक्री गर्न हतार नगर्नुहोस् ।

५. आफ्नो लगानीलाई विविधकरण गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको