Like us!
Follow us!
Connect us!
Watch us!

५००० रुपैयाँको पूँजीबाट सुरु भएको झुनझुनवालाको सेयर बजार यात्रा ४० हजार करोडमा अस्तायो !

धिरज पौड्याल

आइतबार, २९ साउन २०७९, १७ : ४२ मा प्रकाशित

५००० रुपैयाँको पूँजीबाट सुरु भएको झुनझुनवालाको सेयर बजार यात्रा ४० हजार करोडमा अस्तायो !

भारतीय स्टक एक्सचेन्ज विश्वको सबैभन्दा सातौं ठूलो स्टक एक्सचेन्ज हो। भारतीय सेयरबजारमा बादशाहको उपनामले परिचित थिए राकेश झुनझुनवाला। राकेश झुनझुनवालालाई भारतीय वारेन बफेट भनिन्थ्यो। रणनितिक रूपमा सेयरबजारको जोखिमलाई परास्त गर्न अब्बल झुनझुनवालाको आईतबार बिहान मुम्बई हस्पिटलमा मृत्यु भयो। राकेश झुनझुनवालाले भारतमा वित्तीय क्षेत्रमा ठूलो योगदान दिएका छन् र दशकौ सम्म भारतिय सेयरबजारमा राज गरेका थिए। 

को थिए राकेश झुनझुनवाला :

राकेश झुनझुनवाला पेशाले चार्टेड अकाउन्टेन्ट (सिए) थिए। सन् १९६० जुलाई ५ मा माध्यम वर्गीय परिवारमा जन्मिएका थिए। बुबा ट्यक्स अफिसरको रूपमा कार्यरत थिए । बुबाले साथीहरुसँग सेयर बारे गर्ने कुराकानीबाट उत्सुक हुन्थे र उनले बुबालाई मूल्य परिवर्तन बारे थप जिज्ञाशा राख्दा बुबाले पत्रिका पढ्न सुझाव दिएका थिए।

उनले बुबासँग सेयरबजारलाई नै आफ्नो करियर बनाउने इच्छा व्यक्त गरेका थिए तर उनका बुबाले पहिला स्नातक अध्ययन गर्न सुझाव दिए त्यसपश्चात उनि सीए अध्यन गर्न इन्स्टिच्युट अफ चार्टेड अकाउन्टेन्ट इंडियामा भर्न भए। अध्ययन सकेपछि पनि उनले फेरी बुबासँग करियर बारे सल्लाह लिए र सेयरबजारमा पूर्णकालीन रूपमा लाग्ने इच्छा व्यक्त गरे यसको जवाफमा उनका बुबाले कुनैपनि पेसा अगाल्न अनुमति छ भनी उत्तर दिए तर उनका बुबाले सुरुवाती लगानी गर्न कुनै पैसा आफूले नदिने र आफ्ना साथीसँग लगानी गर्ने पैसा नमाग्न आदेश दिए। 

 

राकेशले  सन् १९८५ मा ५००० रुपैयाँका पूँजीका साथ सेयरबजारमा लगानी गर्न होमिए । 

“ ५००० लिएर उदाएका उनी ४० हजार करोड भारु बराबरकाे सम्पती बनाएर भारतको ३६ औं धनी व्यक्तिको रूपमा अस्ताए, सेनसेक्स १५० को इन्डेक्समा रहँदा लगानी गर्न होमिएका उनी इन्डेक्स ६०००० पुग्दा भारतीय शेयरबजारको एउटा इतिहासको अन्त्य भयो। ” ]

सन १९८६ मा अर्थतन्त्र संकुचनमा रहेको थियो अर्थतन्त्र २-३ वर्षको अवधि सम्म संकुचित नै रह्यो तर उनले आफ्नो बौद्धिकताले संकुचनलाई परास्त गरे। लगानी गर्न अण्डर प्राइसड कम्पनीलाई छनोट गर्ने गर्थे।

झुनझुनवालाको पहिलो ठूलो मुनाफा ५ लाख  थियो। सन् १९८६ मा उनले टाटा टि को ५००० कित्ता सेयर ४३ मा खरिद गरेका थिए पछि उक्त कम्पनीको सेयर तीन महिनाको अवधिमानै १४३ पुगेको थियो। उनले उक्त सेयरबाट ३ गुणा मुनाफा कमाए। 

ऊनको अर्को टार्गेट सेसा गोआ नामक कम्पनीको सेयर, उनले २८ मा उक्त कम्पनको सेयर खरिद गरेका थिए त्यसपश्चात उक्त कम्पनीको सेयरमा तिब्र उछालका साथ ६५ मा पुगेको थियो जसबाट फेरिपनि उनले राम्रो मुनाफा आर्जन गरे ।  ३ वर्षको अवधिमानै  उनको आम्दानी २०-२५ लाख भइसकेको थियो। 

उनले श्रीमती रेखा झुनझुनवालाको साथमा रेयर इन्टरप्राइज नामक सेयर ट्रेडिङ कम्पनी स्थापना गरे उक्त कम्पनीको नामाकरणमा आफ्नो र श्रीमतीको नामको पहिलो २ अक्षरको प्रयोग गरेका थिए।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको