Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् बिग बुल राकेश झुनझुनवाला

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : १० मा प्रकाशित

रहेनन् बिग बुल राकेश झुनझुनवाला

'बिग बुल' उपनामले चिनिने भारतीय लगानीकर्ता राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ। उनी ६२ वर्षका थिए। 

झुनझुनवालालाई भारतीय सेयर बजारको 'वारेन बफेट' पनि भनिन्छ। कुनै पारिवारिक व्यापारिक विरासत नभएका झुनझुनवाला आफ्नै दममा निकै ठूलो पोर्टफोलियो बनाउन सफल भएका थिए। उनको नेट वर्थ ५.८ बिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। 

निकै सरल र सहज स्वभावका झुनझुनवालाले केहि समयअघि कच्याककुचुक परेको शर्ट लगाएर प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटेको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको थियो। ईश्वरको कृपाका कारण आफूले सफलता हासिल गरेको बताउने झुनझुनवालाको निधनले भारत मात्र नभई विश्वकै लगानीकर्ता समुदायमा अपुरणिय क्षति पुगेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको