Like us!
Follow us!
Connect us!
Watch us!

लामो समयदेखि रोगबाट पीडित थिए राकेश झुनझुनवाला, प्रधानमन्त्री मोदीद्धारा शोक व्यक्त

अर्थ संसार

आइतबार, २९ साउन २०७९, ११ : १२ मा प्रकाशित

लामो समयदेखि रोगबाट पीडित थिए राकेश झुनझुनवाला, प्रधानमन्त्री मोदीद्धारा शोक व्यक्त

भारतका चर्चित लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ । झुनझुनवालालाई बिहान ६ः४५ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि रोगबाट पीडित थिए ।

उनलाई करिब ३ हप्ता पहिले मात्र अस्पतालबाट डिस्चार्ज गरिएको भारतिय संचार माध्यामहरुले जनाएका छन् । 

बिच क्यान्डी अस्पतालका चिकित्सकले उनलाई अस्पतालमा ल्याएपछि मृत भएको पुष्टि गरेका थिए । झुनझुनवालाको आकस्मिक निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'राकेश झुनझुनवाला अदम्य हुनुहुन्थ्यो। जीवन भरी, चतुर र अन्तरदृष्टिले भरिपूर्ण, उहाँले आर्थिक संसारमा अमिट योगदान छोड्नु भएको छ। उहाँ भारतको प्रगतिको बारेमा पनि धेरै भावुक हुनुहुन्थ्यो। उहाँको निधन दुःखद छ । उहाँको परिवार र प्रशंसकहरूप्रति मेरो समवेदना, ओम शान्ति।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको