Like us!
Follow us!
Connect us!
Watch us!

भारतका बिग बुल झुन्झुन्वाला भन्छन् "हरेक परिस्थितिलाई अवसरको रुपमा लिने मात्रै सफल लगानीकर्ता"

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, १२ : ४० मा प्रकाशित

भारतका बिग बुल झुन्झुन्वाला भन्छन् "हरेक परिस्थितिलाई अवसरको रुपमा लिने मात्रै सफल लगानीकर्ता"

जसरि कुद्दा कुद्दै थाकेको मान्छे अलिकति विश्राम गरिसकेपछि स्फूर्तिका साथ दगुर्न थाल्छ, त्यस्तै घटिरहेको सेयर बजार पनि अलिकति कन्सोलिडेट गर्दै, विश्राम गर्दै अगाडी बढ्छ । 

राकेश झुनझुनवाला भारतीय सेयर बजारका बिग बुलका रुपमा परिचित छन । निकै सानो रकमबाट बजारमा लगानी सुरुवात गरेका झुनझुनवालाको नेट  वर्थ ६ अर्ब अमेरिकी डलर भन्दा पनि बढी रहेको छ ।

राकेश झुनझुनवालाका पिता आयकर अधिकृत थिए । उनि सानै छदा उनको घरमा पिताका साथीहरु आउथे र प्राय: सेयर बजारको कुरा गर्ने गर्थे । ति गफहरु प्राय: रोमान्चक हुने गर्दथे ।  उनीहरुका कुरा सुन्दा सुन्दै झुनझुनवाला सेयर बजारप्रति आकर्षित हुन पुगे । सानै उमेरमा सेयर बजारप्रति आकर्षित भएका झुनझुनवाला चार्टर्ड एकाउण्टेण्ट हुन् ।  सन् १९९१/९२ मा हर्षद मेहताले बजारलाई उचालेको बेलामा शर्ट सेल गरेर सबैभन्दा धेरै पैसा बनाएका उनी बजारमा बन्ने हरेक परिस्थितिहरुलाई अवसरको रुपमा लिन सके मात्रै सफल लगानीकर्ता बन्न सकिने बताउछन ।   

भारतीय सेयर बजार परिसूचक (सेंसेक्स) करिब ३००० तिर हुदा बजारमा राम्रो भोलुममा लगानी गरेका झुनझुनवालाले करिब दुइ बर्ष अगाडी सेंसेक्स करिब १ महिनाको अवधिमै २१००० बाट १७००० तिर झर्दै गर्दा एउटा टि. भी. लाइ अन्तर्वाता दिने क्रममा बजार यसरि छोटो अवधिमै करिब ४००० अंकले किन घट्यो भन्ने प्रश्नमा एउटा उदाहरण दिंदै भनेका छन् , 'मानौं १०० किलोमिटरको रेसमा हिडेको कोहि मान्छे ५०/६० किलोमिटर दौडीसकेपछि थाक्छ भने त्यो स्वभाविक हो नि ।  त्यस्तै बजार पनि एउटा हदसम्म बढिसकेपछि तल झर्नु, कन्सोलिडेट गर्नु स्वभाविक हो।  जस्तै थाकेको मान्छे अलिकति विश्राम गरिसकेपछि फेरी स्फूर्तिका साथ दगुर्न थाल्छ, त्यस्तै घटिरहेको सेयर बजार पनि अलिकति विश्राम गरिसकेपछि दगुर्न थाल्छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको