Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरित हकप्रदमा आजबाट आवेदन दिन सकिने

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ०६ : ४८ मा प्रकाशित

अपि पावरको अवितरित हकप्रदमा आजबाट आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेडले आज (साउन १३ गते, बुधबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले जेठ २० गतेदेखि असार १३ गते, आइतबार निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले साउन १३ गते, बुधबारबाट साउन २० गते, बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको