Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १२ : ४० मा प्रकाशित

प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’ को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पुर्याउने लक्ष्य राखेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । 

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ । प्रभु पे बाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्र मार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताएका छन् ।  

लस्कर फुड्समा हुने अर्डरहरु मध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुची प्रभु पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको हो । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले  मःम, बर्गर र बिरयानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीले जानकारी दिएका छन् । 

सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताए । साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको