Like us!
Follow us!
Connect us!
Watch us!

लस्कर फुड्सकाे 'कर्पोरेट लञ्च अफर'

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १४ : २८ मा प्रकाशित

लस्कर फुड्सकाे 'कर्पोरेट लञ्च अफर'

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लञ्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । 

काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्सले यस अफर सँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । 

काठमाडौँ उपत्यकावासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लञ्च अफर अघी सारेको हो । 


 

61b9b0083858f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको