Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा कोरोना खोप लाउनेलाई १०० डलर

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ११ : ४४ मा प्रकाशित

अमेरिकामा कोरोना खोप लाउनेलाई १०० डलर

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिले एक सय डलर पाउने भएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई अनुराेध गरेका हुन् ।

हिजाे बिहीबार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले राज्यहरुलाई उक्त अनुराेध गरेका थिए । संक्रमण बढिरहेको र खोप लगाउने दर कम भएकाले उनले यस्ताे व्यवस्था गरेका हुन् । 

कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई दिइने उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्नेछन् ।

हाल अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको