Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको आकर्षक प्रगति : नाफा बढ्दा चम्किए अन्य सूचक

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १० : ५४ मा प्रकाशित

आशा लघुवित्तको आकर्षक प्रगति : नाफा बढ्दा चम्किए अन्य सूचक

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा चाैथाे त्रैमाससम्म संस्थाले आकर्षक प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १७२.६५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५४.९३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा १४९.३९ प्रतिशतले बढेर १८ करोड ५२ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ७ करोड ४२ लाख ६१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी  २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि १७ करोड ३४ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको