Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको लाेभलाग्दाे प्रगति : नाफा २८३.०९ प्रतिशतले बढ्दा चम्किए अन्य सूचक

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ०६ : ४१ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको लाेभलाग्दाे प्रगति : नाफा २८३.०९ प्रतिशतले बढ्दा चम्किए अन्य सूचक

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा चाैथाे त्रैमाससम्म संस्थाले लाेभलाग्दाे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २८३.०९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २६ करोड २६ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा २४१.१४ प्रतिशतले बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ९८ करोड ८३ लाख ८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३०.४७ प्रतिशतले बढेर  ४३ करोड १७ लाख १० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि ३९०.४३ प्रतिशतले बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

61074325f141f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको