Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तकाे नाफामा छलाङ, ईपीएस कति ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ११ : २८ मा प्रकाशित

सिभिल लघुवित्तकाे नाफामा छलाङ, ईपीएस कति ?

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण हेर्दा गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४७५.५५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड १३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ४० लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८०.५९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ६३ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा ४५८.०८ प्रतिशतले बढेर ९ करोड ४६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा १ करोड ६९ लाख ६१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २४ कराेड २१ लाख २१ हजार रूपैयाँ रहेकाे छ । संस्थाकाे जगेडा कोष ४५८.६४ प्रतिशतले बढेर १३ करोड ३६ लाख ५६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको