Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको नाफा १९६.३४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०६ : ५५ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको नाफा १९६.३४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफासहित प्रमुख वित्तीय सूचकहरू बढेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ७३.९२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४५ करोड १३ लाख ३४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १५.६६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक अर्ब २५ करोड ४८ लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा ४८.८९ प्रतिशतले बढेर ८४ करोड १७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ५६ करोड ५३ लाख ७३ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९४ कराेड ४३ लाख रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि एक अर्ब ७४ करोड ८८ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा रहेकाे छ । संस्थाकाे मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6108991fb6f87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको