Like us!
Follow us!
Connect us!
Watch us!

राइट ब्याकले गर्दा सूर्योदय लघुवित्तको नाफा १४८.७४ प्रतिशतले बढ्याे, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०८ : ३७ मा प्रकाशित

राइट ब्याकले गर्दा सूर्योदय लघुवित्तको नाफा १४८.७४ प्रतिशतले बढ्याे, ईपीएस कति ?

राइट ब्याकले गर्दा सूर्योदय लघुवित्तको नाफा १४८.७४ प्रतिशतले बढ्याे, ईपीएस कति ?

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ५६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १४८.७४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड १७ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४५.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २० करोड ७ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ४४.५९ प्रतिशतले बढेर ८ करोड ३७ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ५ करोड ७९ लाख १४ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २४ कराेड ८० लाख ४२ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १८ करोड ३१ लाख ६७ हजार रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ । संस्थाकाे मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ  ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6108b18f82be1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको