पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक तथा तथ्यहिन विषयबारे प्रचारप्रसार नगर्न नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले अनुरोध गरेको छ । पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारबारे पुष्टि नभएका समाचार आएको भन्दै संगठनले सोमबार प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।
बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा भएका कमी कमजोरीलाई सुधार गर्न थालेकोमा सञ्चार माध्यमबाट यसलाई बाधा पुग्ने खालका सामग्री प्रती कर्मचारी संगठनले ध्यानाकर्षण गराएको छ ।
यस्तो गतिविधिले पूँजी बजार विकासमा अवरोध आउने भएकाले यसतर्फ संयमित हुन समेत अनुरोध कर्मचारी संगठनले गरेको हो ।
पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोेपत्र बजारका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका सामग्री सम्बन्धित निकायबाट बिना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई बाहिर ल्याउन र बोर्डको वातावरणलाई प्रभावित नपार्न संगठनले व्यवस्थापनको समेत ध्यानाकर्षण गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस