Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तले गर्यो राम्रै प्रगति, नाफा १६७.८६ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक?

अर्थ संसार

बुधबार, २० साउन २०७८, ०६ : ३७ मा प्रकाशित

महिला लघुवित्तले गर्यो राम्रै प्रगति, नाफा १६७.८६ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफासहित प्रायजसाे सबै प्रमुख वित्तीय सूचकहरू बढेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६७.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८७.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १७७.८८ प्रतिशतले बढेर १० करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ८१ लाख ७६ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ६६.६७ प्रतिशतले बढ्दा जगेडा कोष पनि ७२.७२ प्रतिशतले बढेर २२ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6109e91ac62ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको