Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसिकाे स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर आजदेखि लिलामीमा

अर्थ संसार

विहीबार, २१ साउन २०७८, ११ : ०५ मा प्रकाशित

आईसिएफसिकाे स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर आजदेखि लिलामीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । संस्थाले आज (साउन २१ गते, बिहीबार) बाट आईसिएफसि फाइनान्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे ३ लाख १९ हजार ४ सय १० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले भदाै २४ गतेसम्म न्युनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कमलादी, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610b762042b63.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको