Like us!
Follow us!
Connect us!
Watch us!

जापानबाट ५ लाख १३ हजार डोज खोप नेपाल आइपुग्यो

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १४ : ४१ मा प्रकाशित

जापानबाट ५ लाख १३ हजार डोज खोप नेपाल आइपुग्यो

जापानबाट कोरोनाविरुद्धको पाँच लाख १३ हजार डोज एस्ट्राजेनेका खोपको नेपाल आइपुगेको छ ।  जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी आइतवार थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने कार्यतालिका रहेको छ ।

जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको