Like us!
Follow us!
Connect us!
Watch us!

रु-रु जलबिद्युतको मुनाफा २४.११ प्रतिशतले बढ्यो , अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०७ : २७ मा प्रकाशित

रु-रु जलबिद्युतको मुनाफा २४.११ प्रतिशतले बढ्यो , अन्य अवस्था कस्तो ?

रु रु जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा २४.११ प्रतिशतले बढेर ७ करोड २१ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि सामान्य अंकको बृद्धि आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २ प्रतिशतले बढेर १४ करोड ९६ लाख २६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १४ करोड ६६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ३६ लाख ३३ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ११७.४८ प्रतिशतले बृद्धि भएको हो ।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१.१७ गुणा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको बिद्युत उत्पादनबाट धेरै मूनाफा बढ्न नसकेपनि खर्चमा आएको संकुचनले कम्पनीको खुद मुनाफामा टेवा पुगेको देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको