कुमारी इक्विटी फण्डकाे नगद लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (साउन २४ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कुमारी क्यापिटल लिमिटेडकाे साउन १७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस