Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो राधी विद्युतकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १५ : २९ मा प्रकाशित

अघि बढ्यो राधी विद्युतकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको असार २९ गते, मंगलबार सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

हालसम्म कम्पनीले सेबाेनमा निवेदन पेश गरेकाे छैन । नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएर त्यहाँबाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

610fa79f2d36a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको