Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लिलामीबाट ८ करोड बढि नाफा कमाउदै अपि पावर, कटअफ मूल्य कति ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०६ : ४७ मा प्रकाशित

सेयर लिलामीबाट ८ करोड बढि नाफा कमाउदै अपि पावर, कटअफ मूल्य कति ?

अपि पावर कम्पनीले  साउन १३ गते बुधबार देखि साउन २० गतेसम्म लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

कम्पनीले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । कम्पनीले ०.२९३८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले लिलामी सेयर खरीदका लागि कुल २४७३ वटा आवेदन परेको जनाएको छ । प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ४८१ रुपैयाँ सम्म आउने क्यापिटलले जनाएको छ ।

अब जुन जुन कबोलकर्ताले कम्पनीको सेयरको मूल्य ४८१ रुपैयाँ वा सो भन्दा बढि कबोल गरेकाछन् उनिहरुले मात्र सेयर प्राप्त गर्नेछन् ।   

कम्पनीले अवितरीत हकप्रदको लिलामीबाट कम्तीमा ८ करोड २ लाख रुपैयाँ आम्दानी गर्ने भएको छ । जुन मूनाफा कम्पनीको गैर सञ्चालन मुनाफामा जोडिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको