Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १० : ४९ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (साउन २४ गते, आइतबार) बसेकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

6110b8708677f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको