Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफकाे आईपीओ छिनाेफानाे आज

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ११ : १५ मा प्रकाशित

सन नेपाल लाईफकाे आईपीओ छिनाेफानाे आज

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सभा आज (साउन २५ गते, साेमबार) हुँदैछ । कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा आज (साउन २५ गते, साेमबार) कम्पनीकाे कर्पाेरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसाे ३ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । 

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f50ee28d45d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको