Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्डद्वारा सिजन युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १२ : ०३ मा प्रकाशित

अशोक लेलैण्डद्वारा सिजन युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई  एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।

कम्पनीले एक कार्यक्रमबीच डुम्रे, तनहुँमा सिजन युवा क्लब र शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेकाे हाे । कार्यक्रममा आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ तथा क्लबका अन्य सदस्यहरुलाई दिएका हुन् ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष श्रेष्ठले भने डुम्रेमा यसप्रकारको सुविधायुक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्धारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको