Like us!
Follow us!
Connect us!
Watch us!

बालेनकाे एक्सन : धमाधम काम गर्दै पूर्वाधार एम्बुलेन्स

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १४ : ३४ मा प्रकाशित

बालेनकाे एक्सन : धमाधम काम गर्दै पूर्वाधार एम्बुलेन्स

काठमाडौँ महानगरपालिकाका मेयर  बालेन्द्र शाहले(बालेन) सञ्चालनमा ल्याएका पूर्वाधार एम्बुलेन्सले धमाधम काम गरिरहेको छ ।

 केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको उक्त एम्बुलेन्सले अहिले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँको खाल्डाखुल्डी पुर्ने गरेको छ । पूर्वाधार एम्बुलेन्ससहित इन्जिनियर र काम गर्ने कामदारहरू पुगी तत्काल खाल्डाखुल्डी पुर्ने काम गर्न थालेका हुन् । 

काठमाडौँ महानगरमा बसेको पहिलो कार्यपालिका बैठकमा मेयर बालेनले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो ।

सोही अनुसार सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने, ढलजाम लगायतका सामान्य समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको