Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सद्धारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १७ : १२ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सद्धारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

त्रियुगा न.पा. वडा नं. ६ स्थित रहेको देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले स्वास्थ्य चौकीलाई उक्त एम्बुलेन्सको सांचो त्रियुगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तण गरेका हुन् । 

उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि रु. १५ लाख बराबरको रकम उपलब्ध गराएको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्धेस्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराउंदै स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका बासीन्दालाई सस्थ्य सेवा लिन सहज हुने धारणा ब्यक्त गरे । बीमा सम्बृद्धिको आधार रहेको र नेपालमा बीमा शूल्क सोचे जस्तो महंगो नभएकोे र बीमाको पहुंच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशुपंक्षी बीमाका लागी ८० प्रतिशत अनुदान दिएको जानकारी गराउंदै बीमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताए । 

 

सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको ब्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योग लि.का तर्फबाट महा प्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई रु. सात लाखको चेक समेत हस्तान्तरण गरिएको थियो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको