Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरको खुद नाफामा छलाङ, ५०० प्रतिशतले बढ्यो रिजर्भको आकार !

अर्थ संसार

विहीबार, २८ साउन २०७८, ०६ : ४४ मा प्रकाशित

रैराङ हाइड्रोपावरको खुद नाफामा छलाङ, ५०० प्रतिशतले बढ्यो रिजर्भको आकार !

रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३७५.७६ प्रतिशतले बढेर ५ करोड ९० लाख १८ हजार रुपैयाँ पुगेका छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २४ लाख ५ हजार रुपैयाँमा सिमित थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि बढेको आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३८.९८ प्रतिशतले बढेर २४ करोड २३ लाख ६० हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १७ करोड ४३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी  ५६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ५००.४५ प्रतिशतले बढेको हो।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १० रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४०.७८ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको