Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले लाभांश पाउँछन् ?

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, ११ : ३९ मा प्रकाशित

एनआईबिएल प्रगति फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले लाभांश पाउँछन् ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक) काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुकक्लाेज मिति ताेकेकाे छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज १ गतेसम्म नेपाल स्टक एक्सेञ्ज नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईएमबि एस क्यापिटल लिमिटेडकाे भदाै १३ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई करसहित ६.८० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

 

64feac8ba4ca8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको