Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्डको न्याभ घट्दा सेयर लगानी बढ्यो, अरू के-के भयाे ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १६ : ३२ मा प्रकाशित

एनआईबिएल प्रगति फण्डको न्याभ घट्दा सेयर लगानी बढ्यो, अरू के-के भयाे ?

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले २०७८ माघ मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।  माघ मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।

माघ मसान्तमा एनआईबिएल प्रगति फण्डको न्याभ १२ रुपैयाँ ८३ पैसा कायम भएको छ । पाैष मसान्तमा यो फण्डको न्याभ १३ रुपैयाँ १२ पैसा रहेको थियो । पाैष मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्य २९ पैसाले घटेकाे हाे ।

सो अवधिमा फण्डले सूचीकृत सेयरमा ६३ करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गरेको छ । पाैष मसान्तसम्मा फण्डले ६० करोड ७६ लाख रुपैयाँ लगानी गरेको थियो । 

फण्डको बैंक मौज्दात घटेर १८ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । 

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6217628be8cbc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको