Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

अर्थ संसार

सोमबार, २० भदौ २०७९, ११ : ४८ मा प्रकाशित

एनआईबिएल प्रगति फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । 

 फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै २९ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भदाै २८ गते, मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेडकाे भदाै ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई  आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

 

631591a6c03bc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको