Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकायहरु जथाभावी बोल्दा लगानीकर्ताहरुको सम्पती जोखिममा (अन्तरवार्ता)

लगानीकर्ताको आवाज

विहीबार, २८ साउन २०७८, ११ : ०३ मा प्रकाशित

नेपाल स्टक मार्केट एनालाईसिस एण्ड रिसर्च सेन्टरका अध्यक्ष एबंम अनुभवी लानीकर्ता गोपाल स्वामीले नियामक निकायका प्रतिनिधी तथा प्रमुखहरु जथाभावि बोल्दा त्यसको प्रभाव स्वरुप लगानीकर्ताहरुको सम्पति स्वाहा हुन सक्ने बताउँछन् । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँग कुरा गर्दै उनले नेपालको सेयर बजारका नियामक निकायका विभिन्न पदाधिकारीहरु जथाभावी रुपमा बौल्दै हिँड्दा यसले लगानीकर्ताहरुको सम्पति नै जोखिममा पर्न सक्ने भन्दै उनले नियामक निकायहरु सोचेर बोल्नु पर्ने बताए । 

अहिले नेपालको पूँजी बजारको विकास कुनै नियामक निकायको प्रयासले मात्र नभई स्वतस्फुर्त रुपमा माउथ टु माउथ पब्लिसिटीबाट मात्र भएको भन्दै उनले नेप्सेमा देखिने प्राविधिक समस्याहरु प्रायोजित हुनसक्ने आशंका व्यक्त गरे । 

सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै उनले सरकार पनि सेयर बजारप्रति गंभिर हुनुपर्ने बताए । नेपालमा बिश्वकै महंगो ब्रोकर कमिसन भएको भन्दै उनले ब्रोकर कमिसन तत्काल घटाउनुपर्ने बताए । 

लगानीकर्ताहरुले तिर्नु पर्ने पूँजीगत लाभकरलाई समेत पुर्नबिचार गरिनुपर्ने उनको तर्क छ । कुनै स्टकबाट कमाउँदा वा फाइदा हुँदा ७।५० प्रतिशत पूजीगत लाभकर तिर्नुपर्ने तर घाटा हुदाँ स्वयं लगानीकर्ताहरुले मात्र व्यहोर्न पर्ने भन्दै उनले यसलाई वार्षिक रुपमा हिसाब गरेर समायोजन गर्नु पर्ने उनको माग छ । 

नेपालको पूँजी बजारमा म्युचुअल फण्डहरुको विकास नहुनुको प्रमुख कारण भनेको नै लगानीकर्ताहरु नगद लाभांशतर्फ भन्दा पनि बोनश सेयर र हकप्रद सेयरतर्फ आकर्सित हुनु नै रहेको उनको बुझाई छ । अहिले लगानीकर्ताहरु हकप्रदको पछाडि दौडिरहेको भन्दै यसले दिर्घकालिन रुपमा भने राम्रो नगर्ने उनको तर्कछ । लगानीकर्ताहरु बोनश सेयरमा भन्दा पनि नगद लाभांशतर्फ बढी आकर्सित हुनु पर्नेमा हाम्रोमा भने ठीक त्यसको विपरित भइरहेको बताए ।

आफूलाई वास्तविक कानुनी व्यबस्थाका बारेमा जानकारी नभए पनि साधारण रुपमा हेर्दासमेत धितोपत्र बोर्डका अध्यक्षले आफ्नी छोरीको नाममा र नेप्सेका सिइओले श्रीमतीका नाममा सेयर खरिद गर्नु गैरकानुनी देखिने उनको भनाई छ।  

नयाँ लगानीकर्ताहरुमा हरियोमा किन्ने र रातोमा बेच्ने प्रचलन देखिएको भन्दै उनले यो मनोविज्ञानबाट लगानीकर्ताहरु बाहिरै रहनु उनको सुझाव छ । पुराना र स्मार्ट लगानीकर्ताहरु जहिले पनि रातोमा किन्ने र हरियोमा बेच्ने गर्छन जुन वास्तविक रुपमा सही पनि हो उनले भने । 

योजना र अध्ययन बिना पूजी बजारमा प्रवेश गर्नेहरु जुनसुकै बेला पनि फस्न सक्ने भन्दै उनले जुनसुकै पेसा तथा व्यबसायमा पनि अध्ययन र धैर्यताको खाचो पर्ने भएकाले केहि ज्ञान हाँसिल गरेर मात्र सेयर बजारमा प्रबेश गर्न उनको सुझाव छ । 

हरेक बुलमा एक न एक बाघ कम्पनीहरु जन्मिने भन्दै उनले त्यो बाघलाई स्याल बन्न पनि समय नलाग्ने उनको तर्क छ । अघिल्लो बुलमा समग्र नेप्सेलाई नै लिड गरेका कतिपय कम्पनीहरु अहिले एकदमै न्यूनतम मूल्यमा रहेको भन्दै लगानीकर्ताहरु दिर्घकालिन लगानी गर्दा पनि सहज र बजारमा अपडेट हुनुपर्ने उनको तर्क छ । 

हरेक बुल मार्केटमा नयाँ लगानीकर्ताहरु नै फस्ने भन्दै नयाँ लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गर्दा हल्लै हल्लाका भरमा प्रबेश गरेर लगानी गर्न नहुने उनको तर्क छ । कम्तीमा पनि कम्पनीको ब्यालेन्स सिट अध्ययन गर्न भने जान्नुपर्ने उनको सुझाव छ । 
कुनै पनि कम्पनीले यहि अस्वभाविक मुनाफा कमाएको छ भने त्यस्तो कम्पनीलाई कारबाही गर्नुको सट्टा नियामक निकायका प्रमुखले नै सार्वजनिक रुपमा कुनै कम्पनीको नाफा अस्वभाविक हो भन्नु लज्जास्पद रहेको उनको तर्क छ । 

नेपालको पुँजीबजर अन्तराष्ट्रिय स्तरको प्रविधीमैत्री बन्ने, बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने र रियल सेक्टरका कम्पनीहरुलाई पूजी बजारमा भित्र्याउन सक्ने हो भने नेपालको पूँजी बजारमा पहिलेको जस्तो बियरीस अवस्था नआउने उनको दावी छ ।

लामो समयदेखि बार्षिक साधारणसभा पनि नगर्ने, समयमा वित्तीय विवरणहरु पनि सार्वजनिक नगर्ने र नियामक निकायले तोकेको चुक्ता पूँजी पनि नपुर्याउने राष्ट्रिय बिमा कम्पनीलाई कुनै कारबाही नगरेर नियामक निकायले कुनै कम्पनीलाई काखा र कुनै कम्पनीलाई पाखा गर्ने व्यबहार गरिरहेको उनको तर्क छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको