Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको ब्याज आम्दानी घट्दा पनि मुनाफा बढ्यो, वितरण योग्य नाफा २.१६ अर्ब !

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०५ : ०७ मा प्रकाशित

हिमालयन बैंकको ब्याज आम्दानी घट्दा पनि मुनाफा बढ्यो, वितरण योग्य नाफा २.१६ अर्ब !

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा ६५.७४ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख रुपैयामा सिमित थियो ।  

यो अवधिमा बैंकले १ खर्ब ४१ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जालाई पनि घटाउन सफल भएको दखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.०१ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.४८ प्रतिशतमा झरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१.४३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ८२ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.२७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ४१ करोड १५ लाख रूपैयाँमा सिमित थिया । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार १४.३५ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ४६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा पुगेको छ बैंकको पीई रेसियो १७.२५ गुणा रहेको छ ।

हिमालयन बैंक  र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रकृयालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट दिइसकेको छ । 

दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियो । नेप्सेमा अहिले यी दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिशन० सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो । सम्झौतापत्रमा  हस्ताक्षर गरेका हुन् । 

दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् । 

यी २ बैंक एक आपसमा गाभिएपश्चात् नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको