Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको बिमा शुल्क सहित नाफामा गिरावट, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०८ : २७ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको बिमा शुल्क सहित नाफामा गिरावट, इपिएस कति ?

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा गिरावट आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा १०.३६ प्रतिशतले घटेर  १५ करोड ५५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ६.४७ प्रतिशतले घटेर १ अर्ब ३० करोड ६९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ७३ लाख ९१ हजार हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ६७ लाख ९० हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ र महाबिपत्ति कोषमा ५ करोड ५१ लाख ५७ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ५४.३२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको