Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०९ : १८ मा प्रकाशित

नेप्सेमा एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य समायोजन

आज नेप्सेमा लाभांका लागि एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को इकाई मूल्य समायोजन भएको छ । 

समायोजन पछि एनआईबिएल प्रगति फण्डको इकाई मूल्य १४ रुपैयाँ ५ पैसा  र एनआईबिएल समृद्धि फण्ड १ को इकाईमूल्य १३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । एनआईबिएल प्रगति फण्डको हिजोको कारोबारको अन्तिम मूल्य १९ रुपैयाँ ५ पैसा र एनआईबिएल समृद्धि फण्ड १ को अन्तिम मूल्य १६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरिएको हो । 

दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि आज साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, साउन २८ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको