Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १५ : ५० मा प्रकाशित

नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने

कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि GAVI सँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

यी खोपहरू नेपालमा सन् २०२२को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र यसले  नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउनेछ ।

नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराईसकेको छ । जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि ६७.५ मिलियन डलर विनियोजन गरिएको छ । अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याईएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैँछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।

विश्व बैंकले विभिन्न देशहरुको कोभिड-१९ खोप कार्यान्वयन योजनाहरुलाई सहयोग गर्दछ । राष्ट्रहरुले आफ्नो विशिष्ट आवश्यकताहरु र खोप र उपचारविधीका सन्दर्भमा WHO ले सिफारिश गरेका नीति र मार्गनिर्देशनहरूको विश्लेषण गरि आफुलाइ उपयूक्त विकल्पहरू छनौट गर्छन् । खोप खरिदका निम्ति विश्व बैंक समुह अन्तर्गतका IBRD/IDA श्रोतहरूका लागि योग्य हुनका लागि  कोभिड-१९का खोपहरूले निम्न दुई न्युनतम योग्यताहरू हासिल गरेको हुनुपर्दछः

१. कोभ्याक्स सुविधा मार्फत खरिद वा आपूर्ति गर्नका लागि विश्व स्वास्थ्य संगठनले पहिचान गरेका कम्तिमा एउटा नियामक निकायहरू (Stringent Regulatory Authorities) हरु द्वारा नियमित वा आपतकालिन प्रयोगको लागि अनुमति प्रदान गरेको हुनुपर्ने ।

२. विश्व स्वास्थ्य संगठन द्वारा पुर्वीयोग्यता (Prequalification) प्रदान गरेको वा आपतकालिन प्रयोगको लागि सुचिकृत गरिएको ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको