Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ कम्पनीको सेयर मूल्य २ सय भन्दा कम, कुन कम्पनीको सेयर कतिमा ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १२ : २४ मा प्रकाशित

नेप्सेमा १२ कम्पनीको सेयर मूल्य २ सय भन्दा कम, कुन कम्पनीको सेयर कतिमा  ?

सेयर बजारमा कारोबार हुने कम्पनीमध्ये १२ वटा कम्पनीको सेयर मूल्य आईपीओको हाराहारीमा रहेको छ । नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये १२ वटा कम्पनीको सेयर मूल्य २०० रुपैयाँ भन्दा कममा कारोबार भइरहेको हो । 

नेप्सेमा सूचीकृत भएका कम्पनीमध्य ७ वटा हाइड्रोपावर र ५ वटा वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कममा कारोबार भइरहेको छ । आइतबारको कारोबार जारी रहँदा २०० रुपैयाँ भन्दा कम सेयर मूल्य हुने वाणिज्य बैंकमा सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम रहेको छ । 

आइतबारको कारोबार जारी रहँदा सिटिजन्स बैंकको सेयर मूल्य १९५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिमालय बैंकको सेयर मूल्य १९६ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ । कुमारी बैंकको सेयर १८४ रुपैयाँ रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगाको सेयर मूल्य १९८ रुपैयाँ ५० पैसा र प्रभु बैंकको सेयर मूल्य १९७ रुपैयाँ रहेको छ । 

२०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएका हाइड्रोपावर कम्पनीमा आँखुखोला जलविद्युत, बलेफि हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, नेशनल हाइड्रोपावर, शिव श्री हाइड्रोवार र अपर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीमध्ये आँखुखोलाको सेयर मूल्य १९० रुपैयाँ ५० पैसा, बलेफिको १७९ रुपैयाँ ५० पैसा, हिमाल दोलखाको १७६ रुपैयाँ १० पैसा र लिबर्टीको १९९ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै नेशनलको १९० रुपैयाँ ५० पैसा, शिव श्री हाइड्रोको १६८ रुपैयाँ र अप्पर तामाकोशीको १७६ रुपैयाँ रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको