Like us!
Follow us!
Connect us!
Watch us!

क्रस होल्डिङ भएका लघुवित्तहरु एक वर्षभित्रै मर्ज हुनुपर्ने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १७ : २३ मा प्रकाशित

क्रस होल्डिङ भएका लघुवित्तहरु एक वर्षभित्रै मर्ज हुनुपर्ने

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ ।

 मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने भएको जानकारी दिएका छन् ।

त्यसैगरी, उनका अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको