Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीहरुलाई सहुलियत कर्जा प्रवाह गर्ने

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १४ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीहरुलाई सहुलियत कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जा सम्बन्धी सहकार्यका लागि सहमति भएको हो । 

यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएकायुवालाई पुनःविदेशिनु पर्ने बाध्यतालाईरोकीउद्यमशीलतासँगजोडेरविदेशबाट आर्जित सीप, अनुभव र पूँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ ।यसकालागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरुसहजतथा सहुलियत रुपमाप्रदानगर्नेछ ।

यसका साथै, सरल तथा सहजतरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट ब्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै सम्भावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको