Like us!
Follow us!
Connect us!
Watch us!

भदौं ४ गतेदेखि मेगा म्युचुअल फण्ड-१ बिक्री खुल्ला हुने

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १२ : १७ मा प्रकाशित

भदौं ४ गतेदेखि मेगा म्युचुअल फण्ड-१ बिक्री खुल्ला हुने

मेगा क्यापिटल मार्केट्स लिमिटेडले मेगा म्युचुअल फण्ड-१ निष्कासन गर्ने भएको छ । क्यापिटलले भदौ ४ गतेदेखि  मेगा म्युचुअल फण्ड-१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न  हो। उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो।

कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र  ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट  तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको