Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटलद्वारा तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ११ : ३१ मा प्रकाशित

मेगा क्यापिटलद्वारा तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटल मार्केटस लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएकाे छ ।

यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने क्यापिटलकाे विश्वास छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च रहेकाे कम्पनीले जनाएकाे छ ।

उक्त सेवा भाद्र १२ गतेदेखी असोज १२ सम्म लागू हुनेछ । यस सेवामा AMC पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ PMC को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको