Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटलले खोल्यो १ लाख ८० हजार डिम्याट, ६८ करोडको पोर्टफोलियो व्यवस्थापन

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १५ : ३७ मा प्रकाशित

मेगा क्यापिटलले खोल्यो १ लाख ८० हजार डिम्याट, ६८ करोडको पोर्टफोलियो व्यवस्थापन

मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पुरागरी पाँचौ वार्षिक साधारण सभा  गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै  तिव्र गतिमा अगाडी बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल  २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । मेगा  क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट  र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब  ६८ कराेडको पोर्टफाेलियो व्यवस्थापन गर्दै आएको छ ।  

मेगा क्यापिटलले ऋयचउयचबतभ ब्मखष्कयचथ (संस्थागत परामर्शदाता )  सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल  गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको छ  । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद  बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग IPO र Underwriting सम्झौता पनि भएको छ । 

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले  डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी  व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको  छ ।  

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता  र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ  उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको